समाज


सडकमा ढुंगा र लेदो थुप्रिँदा बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध, यात्रुको बिचल्ली

सडकमा ढुंगा र लेदो थुप्रिँदा बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध, यात्रुको बिचल्ली

फाइल तस्बिर


नेपालखबर
कात्तिक १४, २०८२ शुक्रबार ८:३६, काठमाडौँ

निरन्तरको वर्षापछि सडकमा लेदो थुप्रिँदा बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ। 

वर्षाको कारण गएरातिदेखि बीपी राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

काभ्रेका प्रहरी नायब उपरीक्षक रबिन विष्टका अनुसार काभ्रेको नमोबुद्ध नगरपालिका ६ चौकिडाँडा, रोसी गाउँपालिका ७, रोसी ७ कै चारसयबेँसी, रोसी ११ को  डालाबेँसी, रोसी ९ को बिरुवाडाँडा, कोक्सिकुना, नार्के लगायतका ठाउँमा सडक पूर्णरुपमा अवरुद्ध भएको हो। 

ती ठाउँमा सडकको माथिबाट लेदो र ढुंगा खसेर बाटो दुईतर्फी नै अवरुद्ध भएको डीएसपी विष्टले जानकारी दिए। 

सडक धेरै ठाउँमा अवरुद्ध भएकाले मर्मतमा समय लाग्ने प्ररीले जनाएको छ। बीपी राजमार्ग अवरुद्ध हुँदा हजारौँ यात्रु अलपत्र परेका छन्। 

वर्षाको कारण जोखिम बढेकाे भन्दै जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बीपी राजमार्गमा कात्तिक १३ र १४ गते रातिको सयममा आवागमन बन्द गरेको थियाे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad