राहदानी विभागको टोलीले आफ्नै परिसरबाट दुई जनालाई पक्राउ गरेको छ। उनीहरूलाई थप अनुसन्धानका लागि प्रहरीमा बुझाइएको विभागले जारी गरेको सूचनामा उल्लेख छ।
विभागले भ्रष्टाचारजन्य गतिविधि नियन्त्रणका लागि 'शून्य सहनशीलता'को नीति लिएको बताउँदै सेवाग्राहीलाई राहदानी सेवाका क्रममा कुनै पनि बहानामा रकम माग्ने व्यक्ति वा समूहबाट सावधान रहन आग्रह गरेको छ।
साथै, कसैले रकम माग्ने वा कुनै किसिमको अनुचित कार्य गर्ने प्रयास गरेमा विभाग जानकारी गराउन आग्रह गरेको छ।


177
Shares

प्रतिक्रिया