समाज


पत्रकार किशोर श्रेष्ठलाई ज्यान मार्ने धम्की दिएको भन्दै आपत्ति

पत्रकार किशोर श्रेष्ठलाई ज्यान मार्ने धम्की दिएको भन्दै आपत्ति

नेपालखबर
कात्तिक १३, २०८२ बिहिबार १६:२६, काठमाडौँ

नेकपा एमालेका नेता महेश बस्नेतले पत्रकार किशोर श्रेष्ठलाई सामाजिक सञ्जालमार्फत दिएको ज्यान मार्ने धम्कीपूर्ण अभिव्यक्तिप्रति समाजवादी प्रेस संगठन नेपालले कडा आपत्ति जनाएको छ।

समाजवादी प्रेस संगठनले बिहीबार विज्ञप्ति जारी गर्दै बस्नेतले जनआस्था साप्ताहिकमा प्रकाशित ‘महेश बस्नेतलाई पोस्तादानामा पक्रने प्लान’ शीर्षकको समाचारका कारण जनआस्थाका सम्पादक तथा समाजवादी प्रेस संगठनका सल्लाहकार किशोर श्रेष्ठमाथि धम्कीपूर्ण अभिव्यक्ति सार्वजनिक गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

विज्ञप्तिमा भनिएको छ, ‘पत्रकारमाथि यस किसिमको धम्की स्वतन्त्र प्रेस, लोकतान्त्रिक मूल्य र अभिव्यक्ति स्वतन्त्रतामाथिको आक्रमण हो।’ पत्रकारले जनचासोका विषयमा समाचार लेख्नु वा प्रश्न सोध्नु पेशागत दायित्व भएको उल्लेख गर्दै, त्यसको प्रत्युत्तरमा ज्यान मार्ने धम्की दिने कार्य न्यायसंगत नहुने संगठनले स्पष्ट पारेको छ।

संगठनका महासचिव रोहित दाहालद्वारा जारी विज्ञप्तिमा यस्तो अलोकतान्त्रिक, गैरराजनीतिक र आपराधिक प्रवृत्तिको कडा भर्त्सना गर्दै घटनाको निष्पक्ष छानबिन र कानुनी कारबाहीको माग गरिएको छ।

‘पत्रकारहरूलाई धम्की र त्रासमा पार्ने प्रवृत्तिले लोकतन्त्रको जग कमजोर पार्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘राज्यले सम्पादक किशोर श्रेष्ठलगायत सम्पूर्ण सञ्चारकर्मीको सुरक्षा सुनिश्चित गर्न जिम्मेवारी लिनुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad