समाज


आज यी स्थानमा हिमपात-वर्षाको सम्भावना

आज यी स्थानमा हिमपात-वर्षाको सम्भावना

नेपालखबर
कात्तिक ११, २०८२ मंगलबार ७:४६, काठमाडौँ

हाल नेपालको मौसममा पश्चिमी वायुका साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव छ।

जसका कारण आज दिउँसो देशभर मौसम साधारणतया बदली (घाम देख्न मुस्किल) रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

यस क्रममा दिउँसो गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका पहाड तथा हिमाल भूभागका थोरै स्थानमा मध्यम हिमपात/वर्षा तथा बाँकी तराईका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। अनि बागमती प्रदेश ,गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाड तथा हिमाल भूभागका एक-दुई स्थानमा भारी हिमपात/वर्षाको पनि सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।

यसैगरी आज राति कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशलगायत बाँकी पहाड भेगमा साधारणतया बदली रही तराई क्षेत्रमा आंशिक बदली रहने छ।

साथै राति गण्डकी प्रदेशका केही स्थान, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाड तथा हिमाल भूभागका थोरै स्थान तथा कोसी प्रदेशलगायत बाँकी पहाड तथा हिमाल भूभागका एक-दुई स्थानमा मध्यम हिमपात/वर्षाको सम्भावना छ। बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाड तथा हिमाल भूभागका एक-दुई स्थानमा भारी हिमपात/वर्षाको पनि सम्भावना रहेको मौसम महाशाखाले जानकारी दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad