समाज


विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्षसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा

विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्षसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालखबर
कात्तिक ९, २०८२ आइतबार १८:८, काठमाडौँ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको शिशुकल्याण माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष राम थापासहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। 

विद्यालयको लागि कम्प्युटर तथा ल्यापटप खरिद गर्दा उनीहरूले चार लाख ७१ हजारभन्दा बढी रकम भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो। 

अख्तियारले मुद्दा दायर गरेका अन्यमा शिशुकल्याण माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक रविलाल लुइँटेल र तत्कालीन लेखापाल छविलाल गाहा छन्। 

शिशुकल्याण माध्यमिक विद्यालयकाका तत्कालीन प्रधानाध्यापकले आर्थिक हिनामिना गरी भ्रष्टाचार गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो। 

अनुसन्धान हुँदा कम्प्युटर, ल्यापटप, प्रोजेक्टर, प्रिन्टर खरिद गर्दा उनीहरूले चार लाख ७१ हजार ६६७ रुपैयाँ भ्रष्टाचार गरेको पाइएको अख्तियारद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ। 

अख्तियारले दायर गरेको मुद्दामा उनीहरू प्रत्येकसँग चार लाख ७१ हजार ६६७ रुपैयाँ बिगो मागदाबी गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad