ad ad

समाज


किमको स्वास्थ्य अवस्था बुझ्न चीनले उत्तर कोरिया पठायो चिकित्सकको टोली

किमको स्वास्थ्य अवस्था बुझ्न चीनले उत्तर कोरिया पठायो चिकित्सकको टोली

नेपालखबर
बैशाख १३, २०७७ शनिबार १०:५५,

पछिल्लो समय किमको मुटुको शल्यक्रिया गरिएको र उनको अवस्था यतिबेला नाजुक बन्दै गएको भन्ने खबर अन्तर्राष्ट्रिय संचारमाध्यममा प्रकाशित भएका छन्।

रोयटर्सका अनुसार चिनियाँ चिकित्सकको टोलीले किमको स्वास्थ्य अवस्थाका बारेमा परामर्श गर्नेछ।

रोयटर्सले उत्तर कोरियाबारे जानकारी राख्ने तीन व्यक्तिलाई स्रोतको रुपमा उल्लेख गर्दै चिनियाँ टोली बिहीबार उत्तर कोरियाका लागि प्रस्थान गरेको जानकारी दिएको छ।

चिनियाँ टोलीलाई चिनियाँ कम्युनिष्ट पार्टीका एक वरिष्ठ सदस्यले नेतृत्व गरेको जनाइएको छ।

दक्षिण कोरियाली अधिकारीले रोयटर्सलाई दिएको जानकारीअनुसार किमको मत्यु भएको छैन र उनी चाँडै सार्वजनिकस्थलमा देखा पर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .