लोपोन्मुख दरै (दराई) समुदायले सामूहिक फूलपाती भित्र्याएका छन्। यस समुदायले तीन दिनअघि गाउँभरका मृत्युवरण गरेका परिवारले सामूहिक रुपमा पितृ विसर्जन गरेपछि औँसीमा फूलपाती भित्र्याउने गर्दछन्।
उनले भने, 'फुलो राखिसकिएपछि सहराइको गीत गाउँदै मादीसेती नदीमा लगेर सेलाउने गरिन्छ र तिहारको औँसीमा मात्रै हाम्रो समुदायको टीकाटालोलगायत धार्मिक तथा सांस्कृतिक कार्यका लागि खुल्छ।'
तिहारे औँसीमा मात्रै हामीले फूलपाती भित्र्याउने गरेको उपाध्यक्ष दरैले बताए। फूलपाती सङ्कलन गर्दै गाउँ परिक्रमा गरी सामुदायिक भवनमा जम्मा भएर पूजा गरी फूलपाती टीकासहित सबैलाई दिइने प्रचलन रहेको छ।
पितृ विसर्जन गरेका परिवारलाई गाउँभरका सबैले टीकाटालो गरेपछि पूजा गरिएका फूलपाती घर लैजान दिने गरिन्छ। दिइएको फूलपाती घरमा पूजा गर्ने स्थानमा राखे धनधान्य तथा घरमा लक्ष्मीको बास हुनुका साथै सुख, शान्ति तथा समृद्धि हुने विश्वास रहिआएको उनले बताए।
यो परम्परा हालसम्म तनहुँ र चितवनमा मनाउने गरिएको छ भने अन्यत्र स्थानमा बसोबास गर्ने यो समुदाय बसाइँसराइले संस्कृति हराएको समेत उनले बताए।
Shares

प्रतिक्रिया