ad ad

समाज


२८ दिनमा बागलुङकी युवतीले जितिन् कोरोना

२८ दिनमा बागलुङकी युवतीले जितिन् कोरोना

नेपालखबर
बैशाख १२, २०७७ शुक्रबार १५:२८,

कोरोना संक्रमित भएर धौलागिरी अञ्चल अस्पतालको आइसोलेसनमा उपचाररत बागलुङकी युवती शुक्रबार डिस्चार्ज भएकी छिन्।

बुधबार र बिहीबार पठाएको दुवै स्वावमा कोरोना नेगेटिभ भएपछि उनको शुक्रबार डिस्चार्ज गरिएको अस्पतालका प्रमुख डा.शैलेन्द्र विक पोखरेलले नेपालखबरलाइ जानकारी दिए।

चैत ४ गते नेपाल आएकी उनको चैत १५ गते कोरोना पोजिटिभ देखिएको थियो। कतार एयरवेजबाट नेपाल आएकी उनी सोही विमानमा नेपाल आएकी काठमाडौंकी युवतीमा कोरोना देखिएपछि आफ्नै घरमा क्वारिन्टिनमा बसेकी थिइन्।

तर चैत १३ गते उनको स्वाव परिक्षण गराउदा कोरोना पोजिटिभ देखिएपछि घर नजिकैको धौलागिरी अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिएको हो। ‘दुईवटै रिपोर्ट नेगेटिभ आयो’ डाक्टर पोखरेलले भने, घर नजिकै भएकोले आजै डिस्चार्ज गर्‍यौं, उनी आफै घर जान चाहिन्।’

यसअघि वैशाख ६ गते ६५ वर्षीय महिला डिस्चार्ज भैसकेकी छिन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .