आज आइतबार, २ कात्तिक २०८२ (१९ अक्टोबर २०२५)। हेर्नुस् आजको राशिफल–
मेष: छोटो दूरीको लाभदायक यात्रा हुनेछ। चिताएको काममा तीव्रता आउनेछ। स्वादिष्ट भोजनको आनन्द पाइनेछ। घर–परिवारमा धार्मिक कृत्यको योग छ। सामाजिक र राजनीतिक क्षेत्रमा अवसर आउन सक्छ।
भाग्यशाली रङ गुलाबी र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ७१, सेयर बजारमा ५२, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने र तामसीक भोजन नगर्ने।
वृष: सेवामूलक कार्यमा सफलता मिल्नेछ। रमणीय यात्राको योग छ। आस्था, विश्वास र पराक्रममा वृद्धि हुनेछ। लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ। प्रेमीसँग मधुर भेटको सम्भावना छ।
भाग्यशाली रङ रातो र अंक ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७२, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने र सजिलै अरूको विश्वास नगर्ने।
मिथुन: परिवारको खुसीका लागि केही खर्च हुन सक्छ। मानसिक चञ्चलता बढ्नेछ। सहकर्मीको विरोध आउने सम्भावना छ। खर्च बढ्ने र काममा बाधा आउने संकेत छन्।
भाग्यशाली रङ हरियो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ६५, सेयर बजारमा ३५, वैदेशिक कार्यमा ४२ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने र कालो रङको प्रयोग नगर्ने।
कर्कट: नयाँ ज्ञान सिक्ने अवसर आउँछ। लामो समयदेखिका बाधा हट्नेछन्। अरूलाई प्रभावित पारेर काम बनाउन सकिनेछ। भौतिक साधन जुटाउने अवसर पनि मिल्नेछ।
भाग्यशाली रङ पहेँलो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुण खाने र लामो यात्रा नगर्ने।
सिंह: मित्र वा आफन्तको सहयोग मिल्नेछ। शुभकार्यको चर्चा हुनेछ। आफ्नै दक्षतामा कार्य सम्पन्न हुनेछ। छोटो दूरीको यात्रा लाभदायक हुनेछ। बोलीले काम बन्न सक्छ।
भाग्यशाली रङ सेतो र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ४९, सेयर बजारमा ८०, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने र सजिलै अरूको विश्वास नगर्ने।
कन्या: सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। दिगो फाइदा हुने काम सुरु गर्न सकिनेछ। प्रेम र दाम्पत्य जीवनमा मधुरता छाउनेछ। धैर्य र लगनशीलताले अवसर दिलाउनेछ।
भाग्यशाली रङ निलो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ८०, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षारोपण गर्ने र उत्तर दिशा नजाने।
तुला: मनमा निराशा र शरीरमा आलस्य आउनेछ। आर्थिक र व्यवसायिक पक्ष कमजोर रहन सक्छ। व्यर्थ खर्च बढ्ने सम्भावना छ।
भाग्यशाली रङ रातो र अंक ३ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४०, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखालाई खानेकुरा दिने र झूट नबोल्ने।
वृश्चिक: नयाँ ज्ञान सिक्ने अवसर आउँछ। नयाँ सवारी साधन प्राप्त हुने योग छ। हर्ष र प्रसन्नताका साथ दिन बित्नेछ। वित्तीय संस्थाबाट सहयोग पाइनेछ।
भाग्यशाली रङ खैरो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ५४, सेयर बजारमा ६२, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने र लामो यात्रा नगर्ने।
धनु: शुभ कार्यमा सरिक भइनेछ। आफ्नै दक्षतामा काम सम्पन्न हुनेछन्। पुरानो साथीसँग भेट हुनेछ। धार्मिक कार्यमा रुचि बढ्नेछ।
भाग्यशाली रङ सेतो र अंक ४८ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ७४, सेयर बजारमा ७८, वैदेशिक कार्यमा ४९ र शिक्षामा ७९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने र खैरो रङ प्रयोग नगर्ने।
मकर: धार्मिक तथा सांस्कृतिक गतिविधिमा संलग्न भइनेछ। रोकिएका काम बन्नेछन्। राजनीतिक कार्यमा सफलता मिल्नेछ। स्वादिष्ट भोजनको आनन्द पाइनेछ।
भाग्यशाली रङ पर्पल र अंक ६ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ५९, सेयर बजार ६९, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने र छलकपट नगर्ने।
कुम्भ: स्वास्थ्य र सौन्दर्यमा धन खर्च हुनेछ। चुनौतीको सामना गर्नुपर्नेछ। यात्रामा सामान हराउने सम्भावना छ। काममा ढिलासुस्ती हुन सक्छ।
भाग्यशाली रङ खैरो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, सेयर बजार ४७, वैदेशिक कार्यमा ४१ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने र छलकपट नगर्ने।
मीन: अध्ययन र प्रविधिमा प्रगति हुनेछ। आफन्तको सहयोगले काम अघि बढ्नेछ। धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। घरमा अतिथिको आगमन हुनेछ।
भाग्यशाली रङ आकासे र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ६६, सेयर बजार ७०, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने र निलो रङ प्रयोग नगर्ने।
Shares

प्रतिक्रिया