समाज


जेनजी आन्दोलनमा १९० जना भीआईपी र तिनका परिवारलाई सुरक्षा दिएको सेनाको दाबी

जेनजी आन्दोलनमा १९० जना भीआईपी र तिनका परिवारलाई सुरक्षा दिएको सेनाको दाबी

नेपालखबर
असोज ३१, २०८२ शुक्रबार १७:४२, काठमाडौँ

नेपाली सेनाले जेनजी आन्दोलनका क्रममा १९० जना भीभीआईपी, भीआईपी र तिनका परिवारलाई सुरक्षा दिएको दाबी गरेको छ।

ती मध्ये ६१ जनालाई हेलिकप्टरबाट उद्धार गरेर सुरक्षित स्थानमा लगेको र १२९ जनालाई स्थलमार्गबाट सेनाको सुरक्षामा लगिएको बताएको छ। 

सेनाको युद्धकार्य विभागले पत्रकारसम्मेलनमा दिएको जानकारी अनुसार केही महत्वपूर्ण संरचनाको पनि सुरक्षा गरेको थियो। विभागका प्रमुख उपरथी अनुपजंग थापाले भने, ‘अहिले नै तत्काल हामीले के गर्यौँ र कुन अवस्थामा गर्यौँ भन्ने कुराको महत्त्व कम होला तर आउँदा दिनमा प्रष्ट थाहा पाउनु हुनेछ।’

नेपाली सेनाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारबाटै आफ्नो ब्यारेकमा लगेर सुरक्षा दिएको थियो। राष्ट्रपति रामचन्द्र पौडेल, पूर्वप्रधानमन्त्रीहरू र तत्काली मन्त्री तथा शीर्ष नेता र तिनका परिवारलाई पनि आफ्नो ब्यारेकमा लगेर सुरक्षा दिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad