सडक डिभिजन कार्यालय लहान, सिरहाका तत्कालीन डिभिजनल इन्जिनियर (कार्यालय प्रमुख) रविन्द्रलाल दाससहित तीन कर्मचारी र एक ठेकेदार कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियर रविन्द्रलाल दास, इन्जिनियर शैलेन्द्र कुमार चौधरी र सव-इन्जिनियर चन्द्रकान्त चौधरी तथा जय धनन्जय/रब्बानी जे.भी. तथा उक्त जे.भी.को तर्फबाट अधिकार प्राप्त रब्बानी कन्सट्रक्सनका प्रोपराइटर जफिर कवारीविरुद्ध मुद्दा दायर गरेको हो।
उनीहरू उपर विशेष अदालतमा २ करोड ३४ लाख ९९ हजार ९४५ रुपैयाँ २२ पैसा बिगो कायम गरी आरोप पत्र दायर गरिएको अख्तियारले जनाएको छ।
सिरहाको कल्याणपुर नगरपालिका वडा नं. ५ चिकनास्थित प्रदेश सरकारको योजनामा सडक डिभिजन, लहानद्वारा निर्माण व्यवसायीलाई काम गराउन दिएको सडक ढलान कार्य योजनामा गुणस्तरहीन सामग्री प्रयोग गरी मनोमानी ढंगले कार्य संचालन गरी अनियमितता तथा हिनामिना गरेको उनीहरूमाथि आरोप छ।
Shares

प्रतिक्रिया