समाज


परराष्ट्र मन्त्रालयले भन्यो- विपिन जोशीको अवस्था अज्ञात छ

परराष्ट्र मन्त्रालयले भन्यो- विपिन जोशीको अवस्था अज्ञात छ

नेपालखबर
असोज २७, २०८२ सोमबार १८:१९, काठमाडौँ

परराष्ट्र मन्त्रालयले हमासले कब्जामा लिएर गएका नेपालका विपिन जोशीको अवस्था अज्ञात रहेको बताएको छ। 

सोमबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले आज रिहा हुनेको सूचीमा विपिनको नाम रहने अपेक्षा गरिएको भए पनि इजरायली सेनाले रिहा हुने बन्दीहरुमा विपिनको नाम समावेश नभएको र उनको अवस्था अज्ञात रहेको जानकारी दिएको उल्लेख गरेको छ। 

‘आज बिहान इजरायलको स्थानीय समय अनुसार ७ः३० बजे इजरायली सेनाले इजरायलका लागि नेपाली राजदूत, निज विपिन जोशीका दाजु, आमा, बहिनी, इजरायली परराष्ट्र मन्त्रालय र इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारी सहितको भर्चुअल बैठक आयोजना गरी आज रिहा हुने बन्दीहरुमा निज विपिन जोशीको नाम समावेश नभएको र उनको अवस्था अज्ञात रहेको जानकारी प्राप्त भएको छ,’ विज्ञप्तिमा भनिएको छ।  

हमासको कब्जामा रहेका सबै जिवित बन्दीहरुको रिहाइ र मृत बन्दीहरूको शव हस्तान्तरण प्रक्रिया पूरा नभएसम्म मन्त्रालयले यस बिषयमा निरन्तर जानकारी दिने समेत बताइएको छ। 

हमासले ७ अक्टोबर २०२३ आक्रमण गरेर विपिनलाई नियन्त्रणमा लिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad