समाज


डाक्टर, नर्सलाई तोके अनुसारको पारिश्रमिक दिन स्वास्थ्य मन्त्रालयको निर्देशन

डाक्टर, नर्सलाई तोके अनुसारको पारिश्रमिक दिन स्वास्थ्य मन्त्रालयको निर्देशन

नेपालखबर
असोज २६, २०८२ आइतबार १८:१२, काठमाडौँ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका सरकारी, सामुदायिक, निजी अस्पताल र मेडिकल कलेजहरूलाई चिकित्सक, नर्सिङ्ग तथा अन्य स्वास्थ्यकर्मीहरूको पारिश्रमिक तोके बमोजिम दिन निर्देशन दिएको छ। 

कास्कीको मणिपाल मेडिकल कलेजका ७८ जना नर्सहरुले पारिश्रमिक बढाउन माग गर्दै आन्दोलन चर्काएपछि मन्त्रालयले तोकिए  बमोजिमको पारिश्रमिक दिन निर्देशन दिएको हो। 

मन्त्रालयले आइतबार सबै  प्रतिष्ठान, सरकारी, निजी, सामुदायिक अस्पताल र मेडिकल कलेजलाई पत्र लेख्दै गत मसिंर २७ गते भएको सेवा सुविधा सम्बन्धी ५ बुँदे व्यवस्था तुरुन्त कार्यान्वयन गर्न भनेको छ। 

गत भएको निर्णयअनुसार जारी निर्देशनहरू अझै पूर्ण रूपमा कार्यान्वयन नभएको भन्दै अस्पतालहरूलाई तुरुन्त कार्यान्वयन गरी प्रतिवेदन मन्त्रालयमा बुझाउन अनुरोध गरेको छ। 

स्वास्थ्य मन्त्रालयले स्वास्थ्य संस्थाहरूमा कार्यरत सबै नर्सिङ एवं स्वास्थ्यकर्मीहरूको न्युनतम पारिश्रमिक सरकारी सरह लागू गर्न निर्देशन दिएको छ।

निर्देशनअनुसार स्वास्थ्य संस्थामा कार्यरत सबै नर्सिङ्ग तथा स्वास्थ्यकर्मीलाई नेपाल सरकारको मापदण्डभन्दा कम पारिश्रमिक दिन नपाइने र तोकिएको समयभन्दा बढी काम गरेमा अतिरिक्त भत्ता दिनुपर्ने व्यवस्था गरिएको छ।

त्यस्तै, अस्पताल तथा शैक्षिक संस्थाले स्वास्थ्यकर्मीहरूसँग औपचारिक करार (नियुक्ति सम्झौता) गर्नुपर्ने, ज्यालादारीमा काम गराउन नपाइने र सक्कल शैक्षिक प्रमाणपत्र कार्यालयले रोक्न नपाइने व्यवस्था पनि निर्देशनमा समावेश गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad