समाज


तुलाले आरोप खेप्नुपर्ने, धनुलाई एकपछि अर्को अवसर, तपाईँको भाग्य कस्तो?

तुलाले आरोप खेप्नुपर्ने, धनुलाई एकपछि अर्को अवसर, तपाईँको भाग्य कस्तो?

ज्यो. मेनुका दाहाल
असोज २६, २०८२ आइतबार ४:४७, काठमाडौँ

आज आइतबार, २६ असोज २०८२ (१२ अक्टोबर २०२५)। हेर्नुस् आजको राशिफल-

मेष: शुभ समाचार सुन्न पाइनेछ। मनमा रहेका अनावश्यक कौतुहल मेटिनेछ। मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। वैदेशिक क्षेत्रमा गरिएका कार्यले अन्ततः फाइदा नै पुर्‍याउनेछ।

भाग्यशाली रङ निलो र अंक ९ रहेको छ। प्रेम र सम्बन्ध ५२, व्यापार ६८, सेयर बजार ७३ , वैदेशिक कार्य ५१ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्यांक ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीहरूलाई खानेकुरा दिने। छल कपट नगर्ने।

वृष: इच्छा र आकांक्षा पूर्ण हुनेछन्। सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। शैक्षिक क्षेत्र र प्राविधिक काम पनि सहजै सम्पन्न हुनेछ। चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनसक्छ।

भाग्यशाली रङ पर्पल र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६५, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६८  प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६६ रहेको छ। यो राशि हुनेहरूले वृक्षारोपण गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

मिथुन: आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। क्षणिक आवेग र उन्मादलाई नियन्त्रण गर्नु बेस हुनेछ। दैनिक व्यवहारमा खर्च बढ्न सक्छ। निर्णायक क्षमतामा कमी आउनेछ।

भाग्यशाली रङ हरियो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ३९, व्यापारमा ३९, सेयर बजारमा ४२, वैदेशिक कार्यमा ३८ र शिक्षामा ४३ प्रतिशतत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४१ र सम्पूर्ण भाग्यांक ४० रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। झुट नबोल्ने।

कर्कट: आफन्तको साथ र सहयोग मिल्नेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। सामूहिक तथा रमाइलो सफल यात्रा हुनेछ। शुभ कार्य र सांस्कृतिक गतिविधिमा संलग्न हुने अवसर मिल्नेछ। पुरानो समस्या सुल्झाउन सकिनेछ।

भाग्यशाली रङ निलो र अंक १  रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ५९, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छल कपट नगर्ने।

सिंह: दैनिक कार्यहरूमा प्रगति हुनेछ। आँटेको र ताकेको कार्य अघि बढ्नेछ। स्वादिष्ट भोजनको विशेष अवसर मिल्नेछ। प्रेम जीवन सफल हुनेछ। राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ।

भाग्यशाली रङ आकाशे र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ७३, व्यापारमा ६६, सेयर बजारमा ८१, वैदेशिक कार्यमा ७२र शिक्षामा ५२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ७१ रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

कन्या: रोकिएको काम दोहोर्‍याएर प्रयत्न गर्दा फाइदा हुनेछ। कुनै समाचारले मनमा शान्ति छाउनेछ। शुभ कार्य र धार्मिक/सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ। नयाँ कामको थालनी हुनेछ। अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त हुनेछ।

भाग्यशाली रङ खैरो र अंक ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६९, सेयर बजारमा ५८, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५६ र सम्पूर्ण भाग्यांक ६७ रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सेतो रङ्गको प्रयोग नगर्ने।

तुला: मित्रहरूले दिएको वचन फेरिन सक्छ। झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ। खर्चको मात्रामा पनि वृद्धि हुनसक्छ। अभिभावकको सल्लाहअनुरूप चल्न सके राम्रो हुनेछ। अधुरा वैदेशिक कार्य भने सहजै अघि बढ्नेछ।

भाग्यशाली रङ पहेँलो र अंक ९  रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४९, सेयर बजारमा ४४, वैदेशिक कार्यमा ६८ र शिक्षामा ३५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६९, यात्राको योग ३९ र सम्पूर्ण भाग्याङ्क ४१ रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। सजिलै अरुको विश्वास नगर्ने।

वृश्चिक: धर्म, कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ। कुनै कुराले मनमा शान्ति छाउनेछ। अरुलाई प्रभावित पारेर काम बन्नेछ। शुभ समाचार सुन्न पाइएला। प्राविधिक क्षेत्रमा विशेष रुचि बढ्नेछ। पुनर्मिलनको योग पनि रहेको छ।

भाग्यशाली रङ रातो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६८, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५१र शिक्षामा ६८ सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५० र सम्पूर्ण भाग्यांक ६५ रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। उत्तर दिशा नजाने।

धनु: एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। धर्मकर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ। प्रेम सम्बन्ध कसिलो हुनेछ। वैदेशिक लगानी या कुनै नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ।

भाग्यशाली रङ सेतो र अंक १  रहेको छ। प्रेम र सम्बन्धमा ७७, व्यापारमा ६०, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५८र शिक्षामा ५२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ६३ र सम्पूर्ण भाग्यांक ७५ रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

मकर: सहयोगी हातहरू अघि बढ्नेछन्। नयाँ र शुभ समाचार सुन्न पाइनेछ। घरमा अतिथिको आगमन हुनेछ। शुभ कार्यमा सरिक हुन सकिनेछ। प्रेमी र प्रेमिकाबाट विशेष सहयोग मिल्नेछ। दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ।

भाग्यशाली रङ गुलाबी र अंक ८  रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७९, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५९र शिक्षामा ६१ सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरुको विश्वास नगर्ने।

कुम्भ: लाभहानी, आयव्यय र सुखदुःख बराबरी मध्यम खालको दिन छ। प्रतिष्ठित व्यक्तिहरूसित मित्रतापूर्ण सम्बन्ध कायम हुनेछ। आज जे काम गर्नुहुन्छ होसियारी पूर्वक गर्नुहोला। साँझमा शुभ समाचार मिल्नेछ।

भाग्यशाली रङ रातो र अंक २  रहेको छ। प्रेम र सम्बन्धमा ५०, व्यापारमा ६७, सेयर बजारमा ४३, वैदेशिक कार्यमा ७७र शिक्षामा ४९ सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ७० र सम्पूर्ण भाग्याङ्क ६७ रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। आज कालो रङको प्रयोग नगर्ने।

मीन: आफ्नै दक्षतामा कार्यहरू सम्पन्न हुनेछन्। ठूला व्यक्तिले तपाईँका मेहनतको प्रशंसा गर्नेछन्। ठीक समयमा सही निर्णय लिन सकिनेछ। प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ। व्यवसायमा सफलता र आर्थिक सहयोग पनि मिल्नेछ।

भाग्यशाली रङ गुलाबी र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७८, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४९ सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ६२ रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पनि दिने। खैरो रङको प्रयोग नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad