आज (बिहीबार) देशका विभिन्न स्थानमा ६ जना मृत फेला परेका छन्।
प्रहरीले रुपन्देही, बर्दिया, नवलपरासी, बाँके लगायत जिल्लामा विभिन्न व्यक्तिहरू मृत फेला परेको जनाको छ।
रूपन्देहीको बुटवल उपमहानगरपालिका–११ हात्तीसुड डेरा गरी बस्ने हाल वतन नखुलेकी २८ वर्षीया प्रिती भण्डारी आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेकी छिन्।
बर्दिया, मधुवन नगरपालिका–१ तडुवा बस्ने ६० वर्षीया क्याउली थारू सोही ठाउँस्थित नहरमा बिहीबार मृत अवस्थामा फेला परेकी छिन्।
नवलपरासी पूर्व, बिनयी त्रिवेणी गाउँपालिका–७ त्रिवेणी ब्यारेजपुलस्थित प्रतिक्षालयमा भारत पश्चिम चम्पारण बल्मिकीनगर बस्ने ५० वर्षीय अनुपम केडिया बिहीबार मृत अवस्थामा फेला परेका छन्।
बाँके, बैजनाथ गाउँपालिका९६ बस्ने ७० वर्षीया पुट्की बुढा सोही गाउँपालिका–६ गडरहीस्थित तलाउमा बिहीबार मृत अवस्थामा फेला परेकी छिन्।
सिन्धुली, दुधौली नगरपालिका९१० कर्था बस्ने ५१ वर्षीय लिल बहादुर सार्की सोही नगरपालिका–१० स्थित कमला खोलाको दहमा बिहीबार मृत अवस्थामा फेला परेका छन्।
ताप्लेजुङ, सिदिङ्वा गाउँपालिका–२ सादेवा सिब्रेक बस्ने ७० वर्षीय नर बहादुर दाहाल सोही ठाउँस्थित कोदो बारीमा बिहीबार मृत अवस्थामा फेला परेका छन्।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
Shares

प्रतिक्रिया