हङकङ : आगलागीमा २५ जना फसेको भन्दै झुटो रिपोर्ट गर्नेको खोजीमा प्रहरी

हङकङ : आगलागीमा २५ जना फसेको भन्दै झुटो रिपोर्ट गर्नेको खोजीमा प्रहरी

फोनकर्ताले पाटसिन लेङ पर्वतश्रृंखलाको पहाडमा आफूहरू फसेको रिपोर्ट गरेका थिए (ह्यान्डआउट)


नेपालखबर
असोज २३, २०८२ बिहिबार १८:३०, काठमाडौँ

हङकङको ताईपोस्थित पहाडमा आगलागी भएको भन्दै झुटो रिपोर्ट गर्ने व्यक्तिको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

बिहीबार ताईपोस्थित पाटसिन लेङमा आगलागी भएको र आफूहरू त्यहीँ फसेको भन्दै एक व्यक्तिले प्रहरीलाई रिपोर्ट गरेका थिए।

डराएको जस्तो आवाज सुनिने ती व्यक्तिले पहाडी भेगको आगलागीमा २१ जना विद्यार्थी र ४ शिक्षक फसेको भन्दै प्रहरीलाई पटक पटक फोन गरेका थिए।

दिउँसो पौने २ बजेतिर उत्तरपूर्वी नयाँ क्षेत्रको पाटसिन लेङ क्षेत्रका आठ चुचुरामध्ये एक हसियान कुफङमा आगलागी भएको र आफूहरू त्यहाँ फसेको भन्दै ती व्यक्तिले चार पटकसम्म फोन गरेको प्रहरीले जनाएको छ।

फोनकर्ताले चार शिक्षक र २१ जना फसेको दाबी गरेर पटक पटक फोन गरेता पनि प्रहरीको आपत्‌कालीन कल सेन्टरले शिक्षकहरूसँग कुरा गराइदिन आग्रह गर्दा लाइन विच्छेद भएको थियो।

यद्यपि, सरकारी उडान सेवाले उद्धार कार्य समन्वयका लागि उक्त क्षेत्रमा हेलिकप्टर पठाएको थियो। तर, रिपोर्ट गरिएको क्षेत्र परिक्रमा गर्दा आगलागीको कुनै संकेत देखिएन।

त्यस्तै, स्रोतलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टमा उल्लेख भएअनुसार प्रहरीले खोजी कार्यका लागि दमकलकर्मी र एम्बुलेन्सहरू पनि तयारी अवस्थामा राखिसकेको थियो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .