समाज


लखन्देही खोलामा डुबेर १८ वर्षे युवकको मृत्यु

लखन्देही खोलामा डुबेर १८ वर्षे युवकको मृत्यु

नेपालखबर
असोज २२, २०८२ बुधबार ७:१५, काठमाडौँ

सर्लाहीको मलङ्गवा नगरपालिकास्थित लखन्देही खोलमा डुबेर एक युवकको मृत्यु भएको छ। 

मङ्गलबार मलङ्गवा नगरपालिका-५ भाडसरस्थित लखन्देही खोलामा नुहाउन गएका चार जनालाई खोलाले बगाएको थियो। खोलाले बगाएकामध्ये तीन जना पौडिएर सकुशल बाहिर निस्किएका थिए। साथै १८ वर्षे ओम ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ। 

घटनास्थलमा पुगेको प्रहरी टोलीले खोलामा तैरिरहेको अवस्थामा ठाकुरको उद्धार गरी प्रादेशिक अस्पताल मलङ्गवा पुर्‍याएको थियो। अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले युवकलाई मृत घोषणा गरेको जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए। 

मृतक युवकको शव परीक्षण पश्चात आफन्तको जिम्मा लगाइएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad