समाज


इलामलाई कोसी प्रदेश सरकारको सहयोग

इलामलाई कोसी प्रदेश सरकारको सहयोग

नेपालखबर
असोज २१, २०८२ मंगलबार १४:४४, मोरङ

कोसी प्रदेश सरकारले इलाम जिल्लाका बाढी तथा पहिरोबाट पीडित परिवारलाई राहत सामग्री सहयोग गरेको छ।

कोसी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले नेपाली सेनाको हेलिकोप्टरमार्फत आज राहत सामग्री त्यसतर्फ पठाएको सो मन्त्रालयका सचिव रामप्रसाद आचार्यले जानकारी दिए। स्थलमार्गबाट राहत पठाउन नसकिएपछि हेलिकोप्टरमार्फत उक्त सामग्री पठाएको उनले बताए।

प्रदेश सरकारले दैनिक उपभोग्य खाद्य सामग्री, कम्बल, त्रिपाललगायत सामग्री इलाम पठाएको मन्त्रालयको विपद् व्यवस्थापन शाखाका अधिकृत सदानन्द भट्टराईले जानकारी दिए । प्रदेश सरकारले यही असोज १७ र १८ गते आएको बाढी र पहिरोका कारण विस्थापित भएकाको उद्धारकार्य पछि राहत सामग्री पठाएको हो।

बाढी र पहिरोका कारण इलामको सूर्योदय नगरपालिका, इलाम नगरपालिका, सन्दकपुर गाउँपालिका, माङ्सेबुङ गाउँपालिका, माई जोगमाई गाउँपालिका, देउमाई नगरपालिका र फाकफोकथुम गाउँपालिकामा मानवीय तथा भौतिक क्षति भएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad