ad ad

समाज


लकडाउनको एक महिना पुरा

लकडाउनको एक महिना पुरा

नेपालखबर
बैशाख ११, २०७७ बिहिबार ८:५९,

सरकारले घोषणा गरेको लक डाउनको आज एक महिना पुरा भएको छ।

नेपालमा कोरोना संक्रमणको जोखिम बढेपछि सरकारले गत चैत ११ गतेबाट लकडाउन जारी गरेको थियो। चैत ११ गते बिहान ६ बजेबाट सुरु हुनेगरी गरी जारी गरिएको लकडाउनको समय पटक पटक थप भएर वैशाख १५ गतेसम्म पु-याइएको छ।

लक डाउनमा अत्यावश्यक र पासबाहक सवारी बाहेक अन्य साधनहरु सञ्चालन भएका छैनन्। अत्यावश्यक काम बाहेक बाहिर हिँडडुल गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएर केही समय होल्ड गर्ने नीति लिएको छ। ठाउँ ठाउँमा प्रहरीले चेकजाँचलाई कडाई गरेको छ। लकडाउनको समयमा पनि उपत्यका छाडेर बाहिरिनेको संख्यामा भने कमि आउन सकेको छैन।

सवारी साधन बन्द भएपनि हिँडैरै गन्तव्य जानेहरुको संख्या अत्याधिक रहेको छ। उपत्यकाका भिडभाड हुने ठाउँहरु सुनसान रहेपनि भित्रि गल्लिहरुमा केही खाद्यान्न पसल र तरकारी पसलहरु भने बिहान बेलुका खुल्ने गरेका छन्। लक डाउनले दैनिक ज्यालादारी गर्ने मजदुरहरुलाई समस्या भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार बुधबारसम्म नेपालमा ४५ जनामा कोरोना संक्रमण देखिएको छ। ७ जना उपचारपछि निको भएर घर फर्किएका छन्। प्रदेश नम्बर १ सबैभन्दा बढी प्रभावित भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .