समाज


तनहुँमा ९१ प्रतिशत जनसङ्ख्यालाई स्वच्छ खानेपानीको सुविधा

तनहुँमा ९१ प्रतिशत जनसङ्ख्यालाई स्वच्छ खानेपानीको सुविधा

नेपालखबर
असोज २०, २०८२ सोमबार १२:२७, दमौली

तनहुँका ९१ दशमलव १० प्रतिशत जनसङ्ख्यालाई स्वच्छ खानेपानी सुविधा पुगेको छ। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका अनुसार जिल्लाका तीन लाख २१ हजार १५३ जनसङ्ख्यामध्ये दुई लाख ९२ हजार ५७० जनामा स्वच्छ खानेपानी सुविधा पुगेको हो। 

कार्यालय प्रमुख शम्भुराज खनालले आधारभूत स्तरको खानेपानी पहुँच ५६ दशमलव ७१ प्रतिशत र मध्यमस्तरको खानेपानी पहुँच ३४ दशमलव ३९ प्रतिशत जनतामा पुगेको जानकारी दिए। घर घरमा स्वच्छ र पर्याप्त पानी उपलब्ध भएपश्चात् स्थानीय करेसाबारीमा तरकारी उत्पादन गर्न आयआर्जनमा जोडिएको उनको भनाइ छ। 

जिल्लामा गत आर्थिक वर्षमा दुई हजार ९२७ घरधुरीमा खानेपानी सुविधा विस्तार भएको छ। गण्डकी प्रदेश सरकारमार्फत दुई हजार २२१, सङ्घ सरकार ससर्त कार्यक्रममार्फत २२६ र विशेष अनुदानमार्फत ४८० घरधुरीमा खानेपानी सुविधा विस्तार गरिएको खनालले बताए।

अघिल्लो आर्थिक वर्ष २०८०/८० मा जिल्लाका दुई हजार घरधुरीमा खानेपानी सुविधा विस्तार गरिएको थियो। त्यस्तै आर्थिक वर्ष २०७९/८० मा दुई हजार १२८, आर्थिक वर्ष २०७८/७९ मा दुई हजार २९७, आर्थिक वर्ष २०७७/७८ मा चार हजार ३१७, आर्थिक वर्ष २०७६/७७ मा दुई हजार ३५४ र आर्थिक वर्ष २०७५/७६ मा एक हजार ९०४ घरधुरीमा खानेपानी सुविधा पुगेको खनालले बताए। 

चालु आर्थिक वर्ष २०८२/८३ मा जिल्लाका चार हजार ३०० घरधुरीमा खानेपानी सुविधा विस्तार गर्ने लक्ष्य रहेको खनालको भनाइ छ। प्रदेश सरकारमार्फत दुई हजार, सङ्घ सरकार ससर्तमार्फत ८०० र विशेष अनुदानमार्फत एक हजार ५०० घरधुरीमा खानेपानी सुविधा विस्तार गरिने खनालले उल्लेख गरे।

कार्यालयले नयाँ खानेपानी आयोजनाहरुको माग, सर्वेक्षण, डिजाइन, खानेपानी आयोजनाको निर्माण कार्य कार्यान्वयन, आयोजनाको सामग्री निकासा, खानेपानी आयोजनाको निर्माणमा प्राविधिक सहयोग, आयोजनाको अनुगमन, निरीक्षण, सुपरिवेक्षण, आयोजनामा भए गरेका कार्यको मूल्याङ्कन तथा भुक्तानी लगायतका कार्य गर्दै आएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad