देशभर वर्षा हुने क्रम घटेसँगै बाढी-पहिरोको जोखिम पनि कम भएको छ।
यद्यपि आज (सोमबार) पनि केही जिल्लामा बाढीको जोखिम हुने सम्भावना भने देखिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
बाढी महाशाखाका अनुसार आज बिहान बाढी मापन गर्दा कोसी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, पूर्वी राप्ती, बबई र पश्चिम राप्ती नदीको बहाब सतर्कता तहभन्दा तलै छ। दिउँसो सामान्य घटबढ हुने सम्भावना छ।
आज इलाम, झापा, हुम्ला, दार्चुला र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब भने उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम निम्तिने सम्भावना उच्च रहेको जानकारी बाढी महाशाखाले दिएको छ।
साथै आज संखुवासभा, सुनसरी, मुगु, डोटी, बझाङ, कञ्चनपुर र आसपासका जिल्ला भई बहने ससाना नदीको पनि बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने सम्भावना पनि मध्यम नै रहेको महाशाखाले जनाएको छ।
विस्तृत सूचना तल-


Shares

प्रतिक्रिया