समाज


२० असोजको राशिफल: मेष सानातिना समस्यामा अल्झिने, मिथुनले पूण्य आर्जन गर्ने, तपाईँको के?

२० असोजको राशिफल: मेष सानातिना समस्यामा अल्झिने, मिथुनले पूण्य आर्जन गर्ने, तपाईँको के?

ज्यो. मेनुका दाहाल
असोज २०, २०८२ सोमबार ४:३५, काठमाडौँ

आज सोमबार, २० असोज २०८२ (६ अक्टोबर २०२५)। हेर्नुस् आजको राशिफल-

मेष: आज सानातिना समस्यामा अल्झनुपर्नेछ र मनमा चञ्चलता बढ्नेछ। सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ। स्वास्थ्यमा समस्या आउन सक्छ। शेयर बजार तथा व्यापार व्यवसायमा नोक्सानी बेहोर्नु पर्ला र अनावश्यक यात्रा हुनेछ।

भाग्यशाली रङ घ्यू रङ र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३५, वैदेशिक कार्यमा ६८ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४३ र सम्पूर्ण भाग्यांक ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने।

वृष: आज स्थान परिवर्तनका विशेष योग देखिन्छन्। मिष्ठान्न भोजनको अवसर मिल्नेछ। रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा सफलता मिल्नेछ। सामाजिक र परोपकारका क्षेत्रमा लगानी गर्ने समय छ। श्रम मूलक वा कृषिक्षेत्रका काममा मन जानेछ।

भाग्यशाली रङ खैरो र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६०, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ८१ र सम्पूर्ण भाग्यांक ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने र कालो रङको प्रयोग नगर्ने।

मिथुन: आज परोपकार तथा पुण्य आर्जन गर्न संलग्न भइनेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ। व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ। स्वास्थ्यप्रति सजग रहनु पर्छ।

भाग्यशाली रङ पर्पल र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६७, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२ र यात्राको योग ५९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तामसीक भोजन नगर्ने।

कर्कट: आज कुनै समाचारले मनमा खुसियाली छाउनेछ। धार्मिक, सामाजिक महत्त्वको क्षेत्रको भ्रमण हुनसक्छ र धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। रोकिएका घरायसी काममा उन्नति र प्रगतिको वातावरण बन्नेछ।

भाग्यशाली रङ सेतो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ४०, वैदेशिक कार्यमा ४८ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३८ र सम्पूर्ण भाग्यांक ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।

सिंह: आज आफूलाई अनुशासित र संयम बनाउनु पर्नेछ। आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। सानातिना समस्यामा अल्झनुपर्नेछ र मनमा चञ्चलता बढ्नेछ। आजको मन्त्र "सपना देख्ने आँखा कमजोर हुँदैनन्" रहेको छ।

भाग्यशाली रङ हरियो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४७, वैदेशिक कार्यमा ७९ र शिक्षामा ३१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ३८ र सम्पूर्ण भाग्यांक ४९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने।

कन्या: आज शुभ र नयाँ कार्यको चर्चा चल्नेछ। रमाइलो यात्राको योग रहेको छ र धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ। घरमा पाहुनाको आगमन हुने सम्भावना पनि छ र विशिष्ट व्यक्तिको सहयोग पाइनेछ।

भाग्यशाली रङ घ्यू रङ र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६१, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ४३ र सम्पूर्ण भाग्यांक ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

तुला: आज धार्मिक र अरुको हित हुने काममा समय व्यतीत हुनसक्छ। साथीभाइबाट सहयोग प्राप्त हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। शुभकार्यको चर्चा पनि चल्नेछ। आजको मन्त्र "अलग हुनु विशेष हुनु हो" रहेको छ।

भाग्यशाली रङ आकाशे र अंक ३ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६९, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५२ र सम्पूर्ण भाग्यांक ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छल कपट नगर्ने।

वृश्चिक: आज अरुको मन जित्न सकिनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ र नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। धन हात पर्न सक्छ, तर खानपान र स्वास्थ्य प्रति सजग रहन आवश्यक छ।

भाग्यशाली रङ हरियो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६९, वैदेशिक कार्यमा ५० र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५८ र सम्पूर्ण भाग्यांक ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले अग्रज व्यक्तिसँग सुझाब लिने। दक्षिण दिशाको यात्रा नगर्ने।

धनु: आज साथीभाइबाट धोका हुनसक्छ, सचेत हुनुपर्छ। प्रेमीको भाषा परिवर्तनले मनमा दुबिधा उत्पन्न हुन सक्नेछ। अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता बढ्नेछ , तर वैदेशिक काम भने सफल रहनेछ। साँझमा आफन्त र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ।

भाग्यशाली रङ रातो र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६६, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ८० र सम्पूर्ण भाग्यांक ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।

मकर: आज धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। अवसर आउनाले मन प्रसन्न रहनेछ। परिवारमा रमाइलो भेटघाट र जमघट हुनेछ। बन्धु बान्धवबाट सहयोग मिल्नेछ। नजिकको मित्रसँग भेटघाटले मन प्रसन्न हुनेछ र सेयर बजारको लगानीबाट पनि राम्रै लाभ मिल्नेछ।

भाग्यशाली रङ पहेँलो र अंक ४ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६४, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५१ र सम्पूर्ण भाग्यांक ७४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङको प्रयोग नगर्ने।

कुम्भ: आज नयाँ र शुभकार्यको चर्चा पनि चल्नेछ। साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला। सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ। दाम्पत्य जीवन सुखमय हुनेछ। प्राविधिक काममा बढी सफलता मिल्नेछ र वैदेशिक कार्य अघि बढ्नेछ।

भाग्यशाली रङ निलो र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ८२, व्यापारमा ६०, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५१ र सम्पूर्ण भाग्यांक ६३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने।

मीन: आज नयाँ कार्यको योजना बन्नेछ र स्वादिष्ट भोजन पाइनेछ। कतै घुम्न जाने योजना बन्न सक्छ। शुभकार्यको चर्चा चल्ने र आस्था बढ्नेछ। विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ। पुनर्मिलनको योग पनि रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad