लगातारको वर्षाका कारण अवरुद्ध बनेको मुग्लिन–काठमाडौँ सडकखण्डमा विभिन्न स्थानमा खसेका पहिरो हटाइसँगै सवारी चलाउन थालिएको छ।
सडकका विभिन्न भागमा पहिरो खसेर रोकिएका सवारी साधनलाई पहिरो पन्छाएपछि गन्तव्यतर्फ पठाइएको जिल्ला ट्राफिक कार्यालय चितवनले जनाएको छ। सडक खुल्नासाथ लामो समयदेखि बीच बाटोमै रोकिएका यात्रुहरूले राहतको अनुभव गरेका छन्।
धादिङको बेनिघाट रोराङ गाउँपालिकाको विभिन्न क्षेत्रमा पहिरो खसेर राजमार्ग अवरुद्ध बनेको थियो। पहिरो खसेसँगै काठमाडौँ प्रवेश गर्ने सवारीलाई मुग्लिनमा होल्ड गरिएको थियो।
हाल पनि केही स्थानमा पहिरोको जोखिम रहेकाले सवारी चालक र यात्रुलाई सतर्क रहन आग्रह गरिएको छ।
363
Shares

प्रतिक्रिया