ग्लोबल


दार्जिलिङमा भीषण पहिरो, अहिलेसम्म १३ जनाको मृत्यु

दार्जिलिङमा भीषण पहिरो, अहिलेसम्म १३ जनाको मृत्यु

नेपालखबर
असोज १९, २०८२ आइतबार १३:५६, काठमाडौँ

भारी वर्षाका कारण पश्चिम बंगालस्थित दार्जिलिङमा भीषण पहिरो गएको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार मिरिक-सुखियापोखरी सडकको पहाडको एक भाग नै खस्दा धेरै घरहरू भत्किएका छन् भने अहिलेसम्म १३ जनाको मृत्यु भएको छ।

पहिरोपछि सडकमा थुप्रिएका भग्नावशेषले उद्धार प्रयासमा बाधा पुर्‍याइरहेको छ। वरपरका धेरै क्षेत्रमा सवारीसाधन आवागमन र सञ्चार अवरुद्ध भएको छ। मिरिकमा एउटा फलामको पुल पनि भत्किएको छ।

भारी वर्षाका कारण टिस्टा नदीमा बाढी आएको छ। टिस्टाबजार नजिकै बालुखोलामा आएको बाढीले सिलिगुडीलाई सिक्किम र कालिम्पोङसँग जोड्ने राजमार्ग पूर्ण रूपमा अवरुद्ध गरेको छ।

दार्जिलिङ सहरका धेरै भागसँग सम्पर्क पनि टुटेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad