समाज


यी हुन् एसपीमा बढुवा सिफारिस भएका २४ डीएसपी

यी हुन् एसपीमा बढुवा सिफारिस भएका २४ डीएसपी

नेपालखबर
बैशाख ११, २०७७ बिहिबार ६:७,

नेपाल प्रहरीका २४ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी)मा बढुवाका लागि सिफारिस भएका छन्।

बिहीबार साँझ बसेको बढुवा समितिको बैठकले जनपदतर्फ रिक्त २४ एसपीका लागि बढुवा सिफारिसको निर्णय गरेको हो।

सिफारिस अनुसार मुस्ताङमा कार्यरत डीएसपी तुलबहादुर कार्की पहिलो नम्बरमा र काठमाडौं परिसरमा कार्यरत डीएसपी होविन्द्र बोगटी दोश्रो नम्बरमा सिफारिस भएका छन्। यस्तै बेद बिष्ट, राकेश सिंह, राजीबबहादुर बस्नेत क्रमश सिफारिसमा परेका छन्।

त्यसैगरी सिफारिसमा पर्ने अन्य डीएसपीहरुमा प्रविणलाल श्रेष्ठ, सन्तोष सिंह राठौँर, शिवकुमार श्रेष्ठ, शान्तिराज कोइराला, सञ्जयसिंह थापा, महेन्द्र खड्का, दीपक पोखरेल, प्रभुप्रसाद ढकाल, सन्तोषकुमार भट्टराई, प्रकाश मल्ल, वामदेव गौतम, ज्ञानेन्द्रप्रसाद फुँयाल, दीपेन्द्र शाही, रामप्रकाश शाह, प्रेमबहादुर बस्नेत, प्रविण धिताल, दयानिधि ज्ञवाली, राजेन्द्रप्रसाद धमाला रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad