नयाँ दल दर्ता गर्न निर्वाचन आयोग पुगेका नवगठित जनता समाजवादी पार्टीका नेताले प्रधानमन्त्रीलाई धन्यवाद दिएका छन्।
समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच लामो समयदेखि एकताका लागि वार्ता भए पनि एकता हुन नसकिरहेका बेला प्रधानमन्त्रीले लकडाउनकै बीच दल विभाजन गर्न सजिलो पार्ने गरी अध्यादेश ल्याएका कारण आफूहरुले पार्टी एकीकरण गरेको बताएका छन्।
‘म वास्तवमा प्रधानमन्त्रीलाई कुनै दोष दिन्न, म त बरु उहाँलाई धन्यवाद नै भन्न चाहन्छु। उहाँले यो बेलामा चालेको कदमका कारण हामीले पार्टी एकता गर्यौं,’ निर्वाचन आयोग पुगेका नवगठित जनता समाजवादी पार्टीका नेता शरतसिंह भण्डारीले सञ्चारकर्मीलाई भने।

प्रतिक्रिया