सोलुखुम्बुमा अविरल वर्षासँगै पहिरो जाँदा एउटा घर पुरिएको छ।
दुधकुण्ड नगरपालिका ३ फलामखानी बस्ने प्रवीण विकको टिनको छानो र काठले बनेको २ तल्ले घर गएराति पहिरोले पुरेको हो।
माथिबाट पहिरो खस्दा घर पुरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
पहिरोमा परेर मानवीय क्षति नभए पनि गोठमा बाँधेर राखेको एउटा राँगो र ४ वटा बाख्रा मरेका छन्।
87
Shares

प्रतिक्रिया