ad ad

समाज


काभ्रेमा जंगलमा लगेर गाडीभित्रै किशोरी बलात्कार गर्ने तीन युवक पक्राउ

काभ्रेमा जंगलमा लगेर गाडीभित्रै किशोरी बलात्कार गर्ने तीन युवक पक्राउ

नेपालखबर
बैशाख १०, २०७७ बुधबार १८:२८,

काभ्रेमा १६ वर्षीया किशोरी बलात्कार गरी फरार रहेका तीन अभियुक्तलाई प्रहरीले ७ महिनापछि आज (बुधबार) पक्राउ गरेको छ।

काभ्रे जिल्ला प्रहरी कार्यालयका अनुसार बलात्कार गरी गत असोजदेखि फरार तीन युवकलाई उनीहरुकै घरमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको हो।

काभ्रे जिल्ला प्रहरी कार्यालयले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारीअनुसार उनीहरूका साथबाट अवैध हातहतियारसमेत बरामद भए गरिएको छ।

गत असाेजमा बलात्कार गरी फरार काभ्रेको मण्डनदेउपुर नगरपालिका ८ कुन्ताबेंसी घर भई हाल बनेपा नगरपालिका १० मा बस्ने १९ वर्षीय सविन गौतम, सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका ४, शेरा घर भई बनेपा १० डेरा गरी बस्ने १९ वर्षीय सविन दुलाल र काभ्रेको पनौती नगरपालिका ५ सुन्दरबस्तीका १८ वर्षीय सन्देश थापालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

उनीहरूले प्रयोग गरेको बा ५ च ३८४९ नम्बरको बोलेरो गाडी पनि बरामद गरिएकाे काभ्रे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिएका छन्। 

ती युवकले धुलिखेलको हस्पिटल चोकमा बस्ने १६ वर्षीया किशोरीलाई २०७६ असोज १३ गते उल्लिखित नम्बरकै बोलेरोमा राखी काभ्रे क्याम्पसभन्दा माथि जंगलमा लगेर गाडीभित्रै बलात्कार गरेका थिए।

घटनाबारे किशोरीका परिवारले तीन दिनपछि अर्थात् असोज १६ गते मात्रै प्रहरीमा उजुरी दिएको थियो। त्यसपछि ती युवक फरार भएका थिए।

काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट असोज १७ गते नै पक्राउ अनुमति लिई खोजतलास गरिरहेको प्रहरीले ७ महिनापछि ती युवक बुधबार पक्राउ गर्न सफल भएकाे हाे। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .