वसन्तपुरस्थित दसैँघरमा महाअष्टमीको राति कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बली दिइएको छ।
महानवमीका दिन देवी दुर्गालाई बली दिइएकोहो। दुर्गा पूजा लगायत विधिवत कार्य गरी बली नेपाली सेनाले बली दिएको हो।
दसैँघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलीसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत एवं देवीसास्त्रोक्त पाठ गरिन्छ। नेपाली सेनाले सो अवसरमा मौलो पूजा समेत गरेको छ।
पशुबली नदिने र साकाहारीहरूले भने महानवमीका दिनमा कुभिण्डो, घिरौंला, मुला, काँक्रो र जटा नरिवल समेतको बली दिइ पायस पनि चढाउने गर्दछन्। अधिकांश स्थानमा महाष्टमीको दिनमा बली दिने र महानवमीका दिनमा मार हान्ने चलन पनि रहेको छ।
57
Shares

प्रतिक्रिया