समाज


जेनजी आन्दोलनमा प्रहरीको गोली लागेर घाइते लक्ष्मण राईको मृत्यु

जेनजी आन्दोलनमा प्रहरीको गोली लागेर घाइते लक्ष्मण राईको मृत्यु

नेपालखबर
असोज १३, २०८२ सोमबार ८:४४, काठमाडौँ

जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका नुवाकोटका लक्ष्मण राईको मृत्यु भएको छ।

राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ घर भएका राईको गएराति १२ बजे मृत्यु भएको हो। 

परिवारका अनुसार पोस्टमार्टमका लागि अहिले उनको शव त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागमा लगिएको छ। 

उनको टाउको पछाडिको भागमा गोली लागेको थियो।

जेनजी आन्दोलनका क्रममा यसअघि ७४ जनाको मृत्यु भइसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad