समाज


दसैँभर मनसुन रहने, वर्षाको सम्भावना कस्तो छ?

दसैँभर मनसुन रहने, वर्षाको सम्भावना कस्तो छ?

नेपालखबर
असोज ११, २०८२ शनिबार २०:९, काठमाडौँ

मौसम पूर्वानुमान महाशाखाले शनिबार दसैँ विशेष मौसम बुलेटिन जारी गरेको छ। 

यसअन्तर्गत मौसम महाशाखाले दसैँको अवधिमा मौसम तथा वर्षाको सम्भावना कस्तो छ भन्ने विषयमा अग्रिम जानकारी गराएको छ। 

मौसम महाशाखाका अनुसार नेपालमा मनसुन केही कमजोर भएको भए पनि बाहिरिसकेको छैन। 

जसले गर्दा दसैँ अवधिभर मनसुनी वायुको प्रभाव रहिरहने देखिन्छ।

नेपालबाट मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ तारिख भए पनि हरेक वर्ष यसमा तलमाथि हुने गर्छ।

मौसम महाशाखाले दसैँका मुख्य तीन दिन अर्थात् अष्टमी, नवमी र दशमीका दिन मौसम कस्तो रहला भन्ने विषयमा जानकारी दिएको छ। 

जुन यसप्रकार छ: 

असोज १४ (अष्टमी): बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा कोसी प्रदेशका पहाड र तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

असोज १५ (नवमी): कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाड भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

असोज १६ (दशमी): बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाड तथा कोसी प्रदेशका पहाड र तराई भूभागका केही स्थान साथै मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad