आज आइतबार, १२ असोज २०८२ (२८ सेप्टेम्बर २०२५)। हेर्नुस् आजको राशिफल-
मेष: नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ। स्वास्थ्यमा समस्या आउन सक्ने भएकाले चोटपटकबाट बच्नुपर्ने समय छ। प्रेममा मनमुटाव हुनाले मन कमजोर रहला। आर्थिक समस्याले सताउन सक्छ। साँझमा धन हात पर्नसक्छ।
भाग्यशाली रङ हरियो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४१, वैदेशिक कार्यमा ४८ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४४, यात्राको योग ३८ र सम्पूर्ण भाग्यांक ४३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने।
वृष: नयाँ विद्या आर्जन हुनेछ र परीक्षामा सफलता मिल्नेछ। प्रेम र दाम्पत्य जीवनमा नयाँ आयाम थपिने छ। न्यायिक कार्य तपाईंको पक्षमा हुनेछ। दिनको उत्तरार्धमा भने आफूलाई कमजोर भएको अनुभूति हुनसक्छ। रिसराग नियन्त्रण गर्न जरूरी छ।
भाग्यशाली रङ आकाशे र अंक ३ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६९, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५१ र सम्पूर्ण भाग्यांक ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छल कपट नगर्ने।
मिथुन: आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। नयाँ काम वा रोजगारको अवसर मिल्नेछ। लक्ष्मी प्राप्तिको राम्रो योग रहेको छ। प्रतिस्पर्धाहरूमा उत्तीर्ण हुन सकिनेछ भने टाढिएका परिवारजनसँग भेटघाट हुनेछ।
भाग्यशाली रङ पर्पल र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ७५, व्यापारमा ६७, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५२ र सम्पूर्ण भाग्यांक ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तामसीक भोजन नगर्ने।
कर्कट: स्वादिष्ट परिकार खान पाईनेछ। पारिवारिक जीवन र प्रणय सम्बन्ध गहिरो हुँदै जानेछ। गरेको कार्यमा सफलता पाइनेछ। कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ र सुखद् यात्राका अवसर प्राप्त हुनेछन्।
भाग्यशाली रङ पहेँलो र अंक ३ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६४, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७२ र यात्राको योग ६३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङको प्रयोग नगर्ने।
सिंह: गरेका काममा ढिलासुस्ती हुनेछ। आर्थिक क्षेत्रमा संकट आउन सक्छ। अनावश्यक झुटा आरोप लाग्ने हुँदा सजग रहनुहोला। प्रेममा मनमुटावका साथै मन कमजोर रहला। यद्यपि साँझमा आफन्तको साथ र सहयोग मिल्नेछ।
भाग्यशाली रङ घ्यू रङ र अंक ६ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३७, वैदेशिक कार्यमा ५९ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ३८ र सम्पूर्ण भाग्यांक ४९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने।
कन्या: स्वादिष्ट परिकार खान पाईनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। कुनै कुराले मनमा शान्ति छाउनेछ। रोकिएका अधुरा कार्यहरू पूरा हुनेछन् र अकस्मात् धन सम्पत्ति हात पर्न सक्छ।
भाग्यशाली रङ निलो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ६६, वैदेशिक कार्यमा ५० र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५८ र सम्पूर्ण भाग्यांक ६३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने।
तुला: नयाँ-नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ। पुरानो साथीसँग भेट हुने सम्भावना छ। लामो समयदेखि रोकिएका अधुरा कामहरू विस्तारै अघि बढ्न सक्छन्। प्रेम र मित्रताको बन्धन कसिने र रमाउने समय छ।
भाग्यशाली रङ हरियो र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६४, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५१ र सम्पूर्ण भाग्यांक ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।
वृश्चिक: कार्यसिद्धि हुन सक्छ। प्रतिस्पर्धामा सम्मानजनक स्थान हात पर्नेछ। पुराना साथीभाइ र सहयोगीहरूसँग अप्रत्याशित भेटघाट हुनसक्छ। प्रविधि तथा शैक्षिक क्षेत्रमा उन्नति र सफलता मिल्नेछ।
भाग्यशाली रङ घ्यू रङ र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६१, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ७९ र सम्पूर्ण भाग्यांक ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।
धनु: घरायसी झमेलामा परिन सकिन्छ। स्वास्थ्यमा तथा सौन्दर्यमा धन खर्च हुनेछ। वैदेशिक कार्यमा बाधा आउन सक्छ। शत्रुहरूको गतिविधिले आत्मबल घटाउन सक्ने हुँदा सचेत रहनुहोला। मान्यजनको आशीर्वादले काम गर्नेछ।
भाग्यशाली रङ सेतो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ४०, वैदेशिक कार्यमा ६८ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४३ र सम्पूर्ण भाग्यांक ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।
मकर: शैक्षिक क्षेत्रमा सफलता मिल्ने र पठनपाठनमा प्रगति हुनेछ। आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। पुँजी बजारले पनि साथ दिनेछ। साँझमा चिन्ता बढेको महसुस हुनेछ।
भाग्यशाली रङ पहेँलो र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७२, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ७३ र सम्पूर्ण भाग्यांक ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। आज भरिसक्के लामो यात्रा नगर्ने।
कुम्भ: पराक्रम बढ्नुका साथै कीर्ति वृद्धिको योग छ। धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ। कला र मनोरञ्जनमा अभिरुचि बढ्नेछ। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ भने दाम्पत्य र प्रेम जीवन सुखमय नै हुनेछ।
भाग्यशाली रङ खैरो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६९, वैदेशिक कार्यमा ८० र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५६ र सम्पूर्ण भाग्यांक ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले अग्रज व्यक्तिसँग सुझाव लिने। दक्षिण दिशाको यात्रा नगर्ने।
मीन: मनोरञ्जनपूर्ण तरिकाले दिन बित्ने देखिन्छ। पुराना साथीभाइ र सहयोगीहरूसँग अप्रत्याशित भेटघाट हुनसक्छ। व्यवसायका क्रममा नयाँ योजना र सहकार्यको योग छ। आजको दिनको लागि "भिन्नता नै भविष्यको हस्ताक्षर हो" भन्ने मन्त्र रहेको छ।
भाग्यशाली रङ रातो र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६६, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ८० र सम्पूर्ण भाग्यांक ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशामा यात्रा नजाने।
Shares

प्रतिक्रिया