सुदूरपश्चिम


गड्डाचौकी नाका र महेन्द्रनगर बसपार्कमा ‘शेरा’ र ‘लैला’को निगरानी (तस्बिरहरू)

गड्डाचौकी नाका र महेन्द्रनगर बसपार्कमा ‘शेरा’ र ‘लैला’को निगरानी (तस्बिरहरू)

गोकुल जोशी
असोज ११, २०८२ शनिबार १७:५५, कञ्चनपुर

भारतसँगको पश्चिमी सीमा नाका गड्डाचौकीमा तालिमप्राप्त कुकुर परिचालन गरेर प्रहरीले सुरक्षा जाँच थालेको छ। चाडपर्वलक्षित सुरक्षा योजनाअन्तर्गत नाका र महेन्द्रनगर बसपार्कमा तालिम प्राप्त कुकुर परिचालन गरिएको हो।

खुला सीमानाका भएकाले लागु औषधलगायत विष्फोटक पदार्थ भित्रिन सक्ने भएकाले तालिम प्राप्त कुकुर परिचालन गरेर सुरक्षा जाँच थालिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी खडकबहादुर खत्रीले बताए।

‘नाकामा भारतबाट फर्किनेकको भीडभाड बढेको छ। त्यही भएर कुकुर परिचालन गरिएको हो,’ उनले भने, ‘आवश्यकताअनुसार फेरि पनि कुकुर परिचालन गरिने छ।’ उनका अनुसार ‘शेरा’ र ‘लैला’ नामक तालिमप्राप्त कुकुर नाकामा परिचालन गरिएको छ। ‘शेरा’ले विष्फोटक पदार्थ र ‘लैला’ले लागु औषध पत्ता लगाउँछ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीबाट तालिम प्राप्त कुकुर मगाएर सुरक्षा जाँच भइरहेको हो। खुला सीमाका कारण चाडपर्वको समयमा लागु औषध तथा विष्फोटक पदार्थ भित्रिन सक्ने भएकाले नाकामा जाँचमा पनि कडाइ गरिएको छ। 

भारतबाट भित्रिने यात्रुका लागि नाकामा नागरिक सहायता कक्ष पनि राखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad