पछिल्लो समय नेपालमा कोरोना भाइरस (कोभिड १९) का संक्रमितको संख्या बढ्दै गए पनि निको भएर घर फर्कनेको संख्या पनि बढेको छ।
बुधबार उदयपुरमा तीन जनामा संक्रमण पोजेटिभ देखिएसँगै संक्रमितको संख्या ४५ पुगेको छ भने सात जना निको भएर घर फर्किसकेको छन्।
बुधबारमात्रै टेकुस्थिति शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा उपचाररत धादिका ३२ वर्षीय युवा र कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत ४० वर्षीय पुरुष डिस्चार्ज भएका हुन्।
मंगलबार मात्रै सेती प्रदेशिक अस्पतालबाटै एक २४ वर्षीय युवा २९ औँ दिनमा डिस्चार्ज भई घर फर्केका थिए।
‘आज सेती अस्पतालमा ४० वर्षीय पुरुष घर फर्कँदै हुनुहुन्छ’, स्वास्थ्य मन्त्रालयको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भने, ‘आजै टेकु अस्पतालमा उपचारमा रहनुभएका ३२ वर्षीय पुरुष २९ औँ दिनमा डिस्चार्ज भइरहेको छ।’
प्रवक्ता देवकोटाले कूल संक्रमितमध्ये ७ जना निको भएर घर फर्किसकेको जानकारी दिए।
Shares
प्रतिक्रिया