जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएका हत्या र अगाजनबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले काम थालेको छ।
आयोगका अध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा बसेको पहिलो बैठकबाट २ वटा निर्णय भएका छन्।
पहिलो निर्णयमा आयोगको कार्यालय जलवायु तथा विज्ञान विभागको भवन, बबरमहलमा कार्यालय स्थापना गर्ने रहेको छ।
त्यस्तै दोस्रो निर्णयमा आन्दोलनका क्रममा काठमाडौँ लगायत मुलुकका विभिन्न भागमा भएको भौतिक तथा मानवीय क्षतिको विवरण र तथ्य प्रमाण माग गर्ने रहेको छ।
आयोगले सर्वोच्च अदालत, गृहमन्त्रालय, मुख्यमन्त्रीका कार्यालय लगायतका निकायबाट त्यस्ता विवरण माग गर्ने निर्णय गरेको हो। 
2.6k
Shares

प्रतिक्रिया