समाज


रुपन्देहीमा स्कुटर दुर्घटना हुँदा युवतीको मृत्यु

रुपन्देहीमा स्कुटर दुर्घटना हुँदा युवतीको मृत्यु

नेपालखबर
असोज ९, २०८२ बिहिबार १२:१८, काठमाडौँ

रूपन्देहीमा स्कुटर दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ। 

बुटवल उपमहानगरपालिका-८ रामनगरस्थित सडकमा लु.५१ प ९४१४ नम्बरको स्कुटर अनियन्त्रित बुधबार राति दुर्घटना हुँदा स्कुटर चालक युवतीको मृत्यु भएको हो। 

मृत्यु हुनेमा देवदह नगरपालिका-१० भलुही बस्ने ३८ वर्षीया विद्‍या शाही रहेकी प्रहरीले जनाएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएकी उनको सिद्धबाबा हस्पिटल बुटवलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad