स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफूमातहतका कार्यालयबाट हुने सेवा प्रवाहमा ढिलाइ भए खबर गर्न आग्रह गरेको छ। मन्त्रालयले आज सार्वजनिक सूचना जारी गर्दै सेवाप्रवाहमा ढिलाइ वा अनुचित गतिविधि भए तत्काल खबर गर्न आग्रह गरेको हो।
मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले कर्मचारीहरूले तोकिएको कार्य नगरेको, सेवामा ढिलाइ भएको वा अन्य अनुचित कार्यका कारण नागरिकलाई समस्या परेमा तत्काल गुनासो गर्न सक्ने जनाए।
उनले यसका लागि हेल्पलाइन नम्बर १११५, भ्वाइस ह्वाट्सएप नम्बर ९८५१२५५८२१ र मन्त्रालयलाई सिधै इमेल गर्न सकिने जनाए।
प्रवक्ता तथा सूचना अधिकारीमार्फत पनि गुनासो तथा प्रतिकृया दिने व्यवस्था गरिएको छ। मन्त्रालयले स्वास्थ्य क्षेत्रमा पारदर्शिता, जवाफदेहिता र सेवा सुधारलाई प्राथमिकता दिँदै यो प्रणालीलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने जनाएको छ।
आएका सबै उजुरीलाई सम्बन्धित निकायमा पुयाउने र आवश्यक कारबाही गर्ने मन्त्रालयले स्पष्ट पारेको छ।

Shares

प्रतिक्रिया