समाज


मन्त्री भएपछि महावीरका ३ निर्देशन- तीन महिनाभित्र परीक्षाफलदेखि अनिवार्य कम्प्युटर शिक्षक

मन्त्री भएपछि महावीरका ३ निर्देशन- तीन महिनाभित्र परीक्षाफलदेखि अनिवार्य कम्प्युटर शिक्षक

नेपालखबर
असोज ७, २०८२ मंगलबार १८:५१, काठमाडौँ

शिक्षामन्त्री नियुक्त भएपछि महावीर पुनले मंगलबार तीनवटा निर्देशन दिएका छन्।

देशभरका सामुदायिक विद्यालयमा अनिवार्य कम्प्युटर शिक्षक व्यवस्था गर्ने, विश्वविद्यालयहरूले बढीमा ३ महिनाभित्र परीक्षाफल प्रकाशित गर्नुपर्ने र त्रिभुवन विश्वविद्यालयका झाडी फाँडेर बगैँचा बनाउनुपर्ने गरी निर्देशन दिएको उनले बताए।

उनले सामाजिक सञ्जालमार्फत यो जानकारी दिएका हुन्।

मन्त्री महावीर पुनले लेखेका छन्-
मन्त्रालयमा आज मैले काम तुरुन्त अगाडि बढाउन निर्देशन दिएको ३ वटा सानासाना कदमहरू हेर्नुहोस्-

१) नेपालभरका सामुदायिक माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थी कम्प्युटर शिक्षाबाट वञ्चित नहुन् भन्ने उद्देश्यले पठनपाठनको लागि हरेक विद्यालयमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य थप्नुपर्ने।

२) केही विश्वविद्यालयहरूले परीक्षा लिएर परीक्षाफल निकाल्न ८ महिनादेखि १ वर्षसम्म लगाउँदा रहेछन्। विद्यार्थीहरूको लागि त्यो अपूरणीय क्षति हो। त्यसैले विश्वविद्यालयलाई बढीमा ३ महिनाभित्र अनिवार्य रूपमा परीक्षाफल निकाल्न निर्देशन दिने। समयमा नै परीक्षाफल ननिकाल्ने विश्वविद्यालयहरूको अनुदान रोक्का गरिदिने। राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको ५ लाख विद्यार्थीको परीक्षाफल ३ महिनाभित्रै निकाल्दा रहेछन्।

३) त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरको हाताभित्र ठूलो क्षेत्रफलमा रहेको झाडी फाँडेर (ठूला रुख नकाट्ने) सफा गरी सुन्दर बगैँचासहित फुटपाथ बनाएर विश्वविद्यालयलाई आकर्षक बनाउने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad