समाज


जेनजी आन्दोलनमा असईको हत्या आरोपी अर्का व्यक्ति पक्राउ

जेनजी आन्दोलनमा असईको हत्या आरोपी अर्का व्यक्ति पक्राउ

नेपालखबर
असोज ७, २०८२ मंगलबार १८:४७, काठमाडौँ

जेनजी आन्दोलनको क्रममा प्रहरी वृत्त महाराजगञ्जका प्रहरी सहायक निरीक्षक मिलन रामको हत्या आरोपी पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिन्धुपाल्चोकका ओम पौडेललाई पक्राउ गरेको हो। 

किराना पसल सञ्चालक समेत रहेका पौडेलले आन्दोलनकारीलाई उस्काएर लाठीले हानेर असई रामको हत्या गराएका थिए। उनले भीडलाई उस्काएर सडकमै कुटीकुटी हत्या गरेको आरोप छ। 

यसअघि काभ्रेपलान्चोका २६ वर्षीय युवराज क्यापछाकी पक्राउ परेका थिए। दुवै जनालाई जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखेर प्रहरीले कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अगाडी बढाएको छ। सीसीटीभी र सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडिओका आधारमा प्रहरीले हत्यामा संलग्नहरुको पहिचान गरिसकेको छ। 

आन्दोलनका क्रममा ३ जना प्रहरीको हत्या भएको थियो। ती मध्ये २ जना महाराजगनज वृत्तका प्रहरी हुन्। महाराजगञ्ज वृत्तमा असई मिलन राम र उत्तम थापालाई आन्दोलनकारीले कुटपिट गरेर हत्या गरेका थिए। 

अरु २२ जनालाई भित्रै थुनेर आगो लगाइदिए पनि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको थियो। उनीहरु पनि कुटपिटबाट घाइते भएका थिए। 

यस्तै अरु केही प्रहरीलाई पनि आन्दोलनकारीले कुटपिट गरेर घाइते बनाएका थिए। कोटेश्वर प्रभागमा कार्यरत सहायक हवल्दार अमृत गुरुङको पनि धारिलो हतियार प्रहार गरेर हत्या गरेका थिए। 

प्रहरीले यी घटनामा संलग्नहरुको पनि पहिचान गरिसकेको छ। उनीहरुको खोजीकार्य जारी रहेको प्रहरीको दाबी छ। 

यस्तै प्रहरीका हातहतियार लुटपाट गर्ने, पोषाक लुटपाट र आगजनी गर्नेहरुको पनि प्रहरीले खोजि गरिरहेको छ। आन्दोलनमा प्रहरीका एक हजार बढी हतियार लुटपाट भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad