समाज


उज्यालो महानगर योजना अन्तर्गत  ६२ हाईमास्ट लाइट जडान तीब्र गतिमा भइरहेको छ : बालेन

उज्यालो महानगर योजना अन्तर्गत  ६२ हाईमास्ट लाइट जडान तीब्र गतिमा भइरहेको छ : बालेन

नेपालखबर
असोज ७, २०८२ मंगलबार १८:३६, काठमाडौँ

काठमाडौँ महानगरका मेयर बालेन शाहले ३ वर्षदेखि रोकिएको उज्यालो महानगर अन्तर्गत हाईमास्ट लाइट जडानले तिब्रता पाइरहेको बताएका छन्। फेसबुकमार्फत जानकारी गराउँदै उनले ६२ मध्य १२ वटा जडान भइसकेको जानकारी दिएका छन्। 

‘बिगत ३ बर्ष देखि बिबिध कारणबस रोकिएको हाम्रो पहिलो प्रथामिकतामा रहे मध्येको उज्यालो महानगर योजना अन्तर्गत काठमाडौँ महानगरको लगानीमा करिब १० करोडको लागतमा ६२ वटा हाई मास्ट लाइट जडानको काम तीव्र गतिमा भइरहेको छ,’ शाहले लेखेका छन्, ‘जसअन्तर्गत हालसम्म १२ वटा लाइट प्रज्वलन भइसकेका छन्।’

उनले दसैंअघि नै बाँकी लाइट जोड्ने तयारी भइरहेको समेत उल्लेख गरे। ‘दसैँभन्दा अघि बाँकी सबै लाइट प्रज्वलन गर्ने तयारी भइरहेको छ, अघिल्लो कार्यकालमा राखिएका तर बत्ति नबलेका २ हजार भन्दा बढी सोलार स्ट्रीट लाइटलाई इलेक्ट्रिकलमा बिस्थापित गरि हाल बलिरहेका छन्,’ शाहले लेखेका छन्। 

साथै करिब ८५ करोडको स्ट्रीटलाइट खरिद तथा जडानको अन्तिम चरणको तयारी भइरहेको भन्दै उनले लेखेका छन्, ‘जसको सम्पन्नतापछि यसै वर्षभित्र काठमाडौँ महानगर पूर्ण उज्यालो हुने अपेक्षा गरेका छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad