बेलायतमा कोरोना संक्रमणका कारण थप एक जना नेपालीको मृत्यु भएको छ। यो सँगै कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या १८ पुगेको छ।
पोखरा याङ्जाकोट स्थायी घर भइ हाल बेलायतको रेडिङमा बस्दै आएका ४९ वर्षीय विजय गुरुङको उपचारका क्रममा मृत्यु भएको हो।
उनको रोयल बर्कशायर अस्पतालमा मृत्यु भएको रेडिङ तमु समाजका अध्यक्ष नन्द गुरुङले बताए। आइतबार मृत्यु भएका विजयबारे अस्पतालले दुई दिनपछि मात्रै परिवारलाई जानकारी दिएको छ।
स्वासप्रश्वासमा समस्या देखिएपछि विजयलाई गत साता अस्पताल भर्ना गरिएको थियो।
बेलायतमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ।

प्रतिक्रिया