स्वास्थ्य मन्त्रालयले उदयपुरका एक ३३ वर्षीय पुरुषमा कोरोना संक्रमित पुष्टि भएको बताएको छ।
उदयपुरबाट स्वाब (नमुना) संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशालामा पीसीआर बिधिबाट परीक्षण गर्दा ती व्यक्तिमा काेराेना संक्रमण पुष्टि भएकाे स्वाास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकाेटाले मंगलबारकाे नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन्।
योसँगै नेपालमा संक्रमितको संख्या ३२ पुगेको छ भने तीमध्ये ४ जना निको भएर घर फर्किसकेका छन्।
उदयपुरमा यसअघि १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।
त्यहाँका संक्रमित व्यक्तिहरुसँग सम्पर्कमा रहेका अन्य ८ जना व्यक्तिलाइ थप परीक्षणका लागि धरान लगिएकाे छ।
याे पनि:
शंकास्पद रिपोर्ट आएका ८ व्यक्ति भुल्के मस्जिदका १३ संक्रमितसँग १० दिन सँगै रहेको खुलासा
प्रतिक्रिया