सर्वोच्च अदालतको वेबसाइट सञ्चालनमा आएको छ। भदौ २४ गते जेनजीको आन्दोलनमा आगजनी र तोडफोडले सर्वोच्च अदालत ध्वस्त भएसँगै वेबसाइट पनि बन्द भएको थियो।
आज बुधबारदेखि पुन:सञ्चालनमा आएको हो। '०८२/०५/२४ गते सर्वोच्च अदालतमा भएको आगजनी, ढुंगामुढा, तोडफोड र लुटपाटसमेतका घटनाका कारण यस अदालतको अधिकांश भौतिक संरचना, इजलासहरू र चालु मुद्दा तथा अभिलेख मिसिल, सूचना प्रविधि प्रणालीसमेत क्षतिग्रस्त भएको हुँदा सूचना प्रविधिसँग सम्बन्धित सेवाहरू क्रमिकरुपमा सञ्चालनमा आउने बेहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध गरिन्छ' सर्वोच्चको सूचनामा भनिएको छ।
आगलागीले सर्वोच्च अदालत पूर्णरुपमा ध्वस्त भएको छ। अहिले सर्वोच्च प्रशासनले परिसरमै टेन्टमार्फत सेवा दिइरहेको छ।

144
Shares

प्रतिक्रिया