लकडाउनबीच काम बन्द भएपछि छत्तिसगढ बिजापुर जिल्लाकी १२ वर्षीया बालिका जाम्लो माकदाम काम गर्ने स्थानबाट आफ्नो समूहसँग घर फर्किन चाहन्थिन्।
सवारीसाधन बन्द हुँदा उनीहरु तेलंगणाबाट बिजापुर हिँडेर घर जाने निर्णयमा पुगे।
काम बन्द हुँदा खानपानमा समस्या उत्पन्न हुने भएकाले उनीहरु एक सय ५० किलोमिटर टाढा रहेको घर हिँडेका थिए।
तर घर पुग्न ५० किलोमिटर बाँकी रहँदा बालिका जाम्लो माकदामको बिच बाटोमै मृत्यु भयो। सय किलोमिटर हिँडिसकेकी माकदाम जिवितै घर पुग्न सकिनन्।
तीन दिन लगातार हिँडेपछि अप्रिल १८ मा बालिकाको मृत्यु भएको इन्डिया टुडेले जनाएको छ।
मृत्यु भएपछि बालिकामा कोरोनाको परीक्षण भएको थियो। तर उनका कोरोनाको संक्रमण देखिएन।
थकान र पानीको मात्रा कमी भएकाले बालिकाको मृत्यु भएको स्थानीय चिकित्सकले बताएका छन्।
छत्तिसगढ बिजापुर जिल्लाको भन्डारपल गाउँमा बालिकको मृत्यु भएको खबर यतिबेला विश्वभर फैलिएको छ।
भारत र नेपालका मजदुरहरु लकडाउनका बेला सवारी बन्द हुँदा हिँडेरै आफ्नो घर फर्किन थालेका समाचार दैनिक सार्वजनिक भइरहेका छन्। एजेन्सी
प्रतिक्रिया