ad ad

समाज


राहत वितरणमा पूर्वाग्रह राखिएको भन्दै वडा कार्यालय घेराउ

राहत वितरणमा पूर्वाग्रह राखिएको भन्दै वडा कार्यालय घेराउ

नेपालखबर
बैशाख ९, २०७७ मंगलबार ९:१४,

टीकापुर नगरपालिकावासीले आफूहरु राहत पाउनबाट वञ्चित भएको भन्दै वडा कार्यालयमा सामाजिक दूरी कायम नराखी धर्ना दिन थालेका छन्।

नेपाल सरकारले राहत वितरणको मापदण्ड बनाई वडास्तरबाट दैनिक ज्याला मजदुरी गरी गुजारा गर्दै आएका विपन्न परिवारलाई राहत वितरणका लागि आह्वान गरेसँगै वडाले राहत वितरणमा वास्तविक पीडितभन्दा राजनीतिक पूर्वाग्रहले राहत वितरण गरेको र वास्तविक पीडितले राहत नपाएको आरोप लगाउँदै स्थानीयवासीले वडा कार्यालयमा धर्ना दिन शुरु गरेका हुन्।

टीकापुर– १ मा सबैभन्दा बढी विवाद देखिएको छ। राहतका लागि संककलित तथ्यांकमा आफूहरुलाई नसमेटेको भन्दै स्थानीयवासी महिलाले दिनहुँ वडा कार्यालयमा गई धर्ना दिने गरेका छन्।
उमेरले ७० पार गरिसकेकी लायक रानीले भनिन्, ‘गरीबको कोही हुनुहुँदो रहेनछ। सकिनसकी तीन दिनसम्म वडा कार्यालय धाएँ। सबै राहत ल्याएरै फर्के तर मलाई कसैले वास्ता नै गरेनन्।’

वडाध्यक्ष गंगाराम आचार्यले तथ्यांक संकलन गर्दा केही वास्तविक पीडितको नाम छुटफुट हुन गएको स्वीकार गर्दै वास्तविक पीडितले राहत पाउनुपर्ने र कुनै राजनीतिक पूर्वाग्रह नराखिने बताए।

वडा नं ३ की सुन्दरदेवी चौधरीले आफ्नो ६ जनाको परिवारले अटोरिक्सा चलाएर जीविकोपार्जन गर्दै आएको बताउँदै श्रीमान् पूर्णरुपमा अपांगता हुँदा पनि वडाबाट राहत नपाएको गुनासो गरिन्।

वडाध्यक्ष रामसेवक महतोले वडा कार्यालयमा आएको सूचीअनुसार २१७ घरधुरीले राहत पाइसकेको र तथ्यांक संकलनका लागि गाउँका बड्घरलाई पठाउँदा केही घर छुट्न गएको बताउँदै कसैलाई भोकै नराखिने स्पष्ट गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .