समाज


सहकारीमा काम गर्ने २५ वर्षीया युवतीको शव जंगलमा भेटियो, बलात्कारपछि हत्या भएको आशंका

सहकारीमा काम गर्ने २५ वर्षीया युवतीको शव जंगलमा भेटियो, बलात्कारपछि हत्या भएको आशंका

नेपालखबर
असोज १, २०८२ बुधबार १३:२, काठमाडौँ

खोटाङमा एक युवतीको शंकास्पद अवस्थामा शव फेला परेको छ।

दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासे निवासी रविन परियारकी पत्नी २५ वर्षीया रेश्मीका सिवा परियारको शव स्थानीय जंगलमा शंकास्पद अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। 

रेश्मिका दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सछितापोखरीस्थित अजम्बरी साना किसान कृषि सहकारी संस्थामा कार्यरत थिइन्। 

‘भदौ ३० गते राति बतासेको ह्याकुले र रमितेडाँडाको बीचमा पर्ने मार्से सामुदायिक वनमा उनको शव भेटिएको हो,’ जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सुशान्त मिश्रले नेपालखबरसँग भने, ‘उनको शव पोष्टमार्टमको लागि घोपा क्याम्प धरान पठाइएका छाैँ।’

रेश्मिकाको बलात्कारपछि हत्या भएको हुनसक्ने आशंका स्थानीयले गरेका छन्। तर, प्रहरीले भने यस विषयमा आधिकारिक धारणा सार्वजनिक गरेको छैन। 

‘शंकास्पद अवस्थामा शव फेला परेको छ। थप विवरण पोस्टमार्टम रिपोर्टपछि खुल्छ,’ उनले भने, ‘हामी घटनाको विस्तृत अनुसन्धानकै क्रममा छौँ।’ इन्सपेक्टर मिश्रले घटनाका सम्बन्धमा धेरैसँग साेधपुछ भए पनि अहिलेसम्म कोही पक्राउ नपरेका बताए। 

रेश्मीका कार्यरत कृषि सहकारीका अध्यक्ष सागर तामाङकाअनुसार रेश्मीका आइतबार दिउँसो ४ बजे कार्यालयबाट बाहिरिएकी थिइन्। 

राति अबेरसम्म पनि उनी घर नपुगेपछि खोजी गर्ने क्रममा आइतबार राति ८ बजेतिर सडकबाट करिब एकसय ५० मिटर तल बाँसघारीमा उनकाे शव भेटिएको प्रहरीले जनाएको छ। 

प्रत्यक्षदर्शीका अनुसार रेश्मीको चप्पल सडकमुनि कुनामा भेटिएको थियो। सडकदेखि शव रहेको स्थानसम्म घिसारिएको र झाडी मडारिएको प्रत्यक्षदर्शीले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad