समाज


अख्तियारले भन्यो- चोरी भएका सामान फिर्ता नभए सीसीटीभी फुटेजका आधारमा कारबाही

अख्तियारले भन्यो- चोरी भएका सामान फिर्ता नभए सीसीटीभी फुटेजका आधारमा कारबाही

नेपालखबर
भदौ ३०, २०८२ सोमबार ७:५४, काठमाडौँ

अख्तियार दुरुपयोग आयोगले सूचना जारी गर्दै भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा चोरी भएका र हराएका जिन्सी सामान फिर्ता गर्न आग्रह गरेको छ। 

आयोगले आज सूचना जारी गर्दै आयोगको इटहरी, पोखरी, हेटौँडा, बुटवल लगायतका कार्यालयहरूबाट आन्दोलनका क्रममा चोरी तथा लुटपाट भएको जानकारी दिएको हो। 

तोडफोड, आगजनी र चोरी एवं लुटपाटबाट सवारी साधन, टीभी, कम्प्युटर, माइक्रो ओभन, विभिन्न साइजका हार्डडिक्स, स्क्यानर, क्यामरा, आइप्याड, मोवाइल, ल्यापटप, हिटर, पंखा लगायतका सामानहरू लुटपाट एवं चोरी भएको आयोगले जनाएको छ। 

‘तोडफोड तथा चोरीमा संलग्नहरूको सीसीटीभी फुटेज मार्फत् पहिचान गर्ने कार्य भैरहेको हुँदा कोही कसैले आयोग र आयोग मातहत परिसरबाट यस्ता सामग्री लिएको वा प्राप्त गर्नु भएको भए ती सामग्रीहरू काठमाडौँको हकमा प्रहरी वृत्त मालीगाउँ वा यस आयोगको कार्यालय टंगाल र आयोगका मातहतका कार्यालयको हकमा तत् तत् कार्यालय वा नजिकैको प्रहरी कार्यालयमा लगेर बुझाउन अनुरोध छ,’ आयोगको सूचनामा भनिएको छ। 

अन्यथा कानुन बमोजिम भइजाने चेतावनीसमेत आयोगले दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad