ad ad

समाज


बेलायतमा कोरोनासँग लड्दैछिन् यी नेपाली नर्स, २३ दिनपछि सारियाे सामान्य वार्डमा

बेलायतमा कोरोनासँग लड्दैछिन् यी नेपाली नर्स, २३ दिनपछि सारियाे सामान्य वार्डमा

नेपालखबर
बैशाख ९, २०७७ मंगलबार ३:८,

बेलायतमा कोरोना संक्रमण भएपछि विगत २३ दिनदेखि सघन उपचारकक्षमा रहेकी नर्स उमा प्रधानलाई सामान्य वार्डमा सारिएको छ।

उमालाई कोरोनाको सङ्क्रमण देखिएपछि साउथ इष्ट ससेक्सको कन्क्वस्ट अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालमा कार्यरत एक भन्दा बढी सहकर्मीले उमालाई सामान्य शय्यामा सार्दा ताली बजाएर खुसी व्यक्त गरेका थिए।

उमाले अप्ठ्यारो अवस्थमा आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी छन्। ‘म सघन उपचार कक्षमा हुँदा मेरो उपचारमा संलग्न सबैलाई धन्यवाद दिने शब्दसमेत छैन। उहाँहरूको योगदान अकल्पनीय छ जसले मलाई बचाउनुभयो,’ उनले भनिन्, ‘म अझै अस्पतालमै छु। विस्तारै विस्तारै ठीक हुँदैछु।’

सघन उपचार कक्षका प्रमुख केट् मुरेले सघन उपचारमा कार्यरत सबै कर्मचारी र सिङगो नर्स समूहको कडा परिश्रमले उमालाई ठिक पार्न सकिएको बताए। ‘उमालाई दुई हप्ताभन्दा बढी आइसीयूमा राख्नु पर्यो, यसबाटै बुझ्नुस् कि उनलाई कोरोनाले कति गालेको रहेछ,’ मुरेले भने।

उमाको उपचार गौरवको एउटा अंश भएको उनले बताएश्र ‘यो कठिन घडीमा उनमा आएको यो परिवर्तन हामी सबैका लागि उदाहरणीय र हौसलापूर्ण छ। हामी सबैको प्रर्थना छ उनलाई छिट्टै निको हुनेछ,’ उनले भने।

आइतबार मात्रै कोरोना संक्रमित एक नेपाली जोडी पनि बेलाइतमै स्वास्थ भई घर फर्केका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .