ad ad

समाज


भारतमा कोरोना : मृतक ५९२, संक्रमितको संख्या साढे १८ हजार माथि

भारतमा कोरोना : मृतक ५९२, संक्रमितको संख्या साढे १८ हजार माथि

नेपालखबर
बैशाख ९, २०७७ मंगलबार ३:२६,

भारतमा कोरोना संक्रमितको संख्या साढे १८ हजार नाघेको छ। सोमबार एकै दिन भारतमा ९ सय २४ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।

वर्ल्डओमिटरका अनुसार भारतमा अहिलेसम्म संक्रमितको संख्या १८ हजार ५ सय ३९ पुगेको छ।

भारतमा अहिलेसम्म कोरोना संक्रमणबाट ५ सय ९२ जनाको मृत्यु भइसकेको छ। गएको २४ घन्टामा भारतमा ३३ जनाले ज्यान गुमाएका छन्।

संक्रमितमध्ये अहिलेसम्म भारतमा ३२ सय ७३ जना उपचारपछि ठिक भएका छन्। भारतमा सबैभन्दा बढी महाराष्ट्रमा कोरोना संक्रमण फैलिएको छ। त्यसपछि राजधानी नयाँ दिल्ली प्रभावित छ।

दिल्लीमा दुई हजारभन्दा बढी कोरोना संक्रमित छन्। दिल्लीमा संक्रमितमध्ये ४५ जनाको मृत्यु भइसकेको त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।

कोरोना संक्रमण नियन्त्रण गर्न भारतमा लकडाउन जारी छ। गत मार्च २५ देखि सुरु भएको लकडाउन मे ३ सम्म जारी रहने घोषणा सरकारले गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .