समाज


मन्त्री चयनका लागि भन्दै भइरहेको अनलाइन मतदानबाट आफ्नो नाम हटाउन डा गोविन्द केसीको आग्रह

मन्त्री चयनका लागि भन्दै भइरहेको अनलाइन मतदानबाट आफ्नो नाम हटाउन डा गोविन्द केसीको आग्रह

फाइल तस्बिर


नेपालखबर
भदौ २९, २०८२ आइतबार १५:४५, काठमाडौँ

चिकित्सा शिक्षा सुधार अभियन्ता डा गोविन्द केसीले मन्त्री चयनका लागि भन्दै  भइरहेको अनलाइन मतदानबाट आफ्नो नाम हटाउन आग्रह गरेका छन्। 

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा स्वास्थ्य तथा जनसंख्या मन्त्री चयन गर्न जेनजी समूहले डा केसीको नाम पनि राखेका छन्। त्यसपछि उनले विज्ञेप्ती जारी गर्दै अन्तरिम सरकारको मन्त्रीहरू छान्न केही समूहले आफ्नो नाम राखेर मतदान गरिरहेको भन्दै हटाउन आग्रह गरेका हुन्। 

डा केसीले नव युवा पुस्ताको आन्दोलनको समाप्तिपछि गठन भएको अन्तरिम सरकारमा प्रधानमन्त्री सुशीला कार्कीको नियुक्तिले यस संक्रमणकाललाई तार्किक निष्कर्षमा पुर्‍याउने अपेक्षा लिएको बताएका छन्।  

‘त्यस सरकारमा अन्य मन्त्रीहरू छान्न केही समूहले अनलाइन मतदान गरिरहेको भन्ने मेरो जानकारीमा आएको छ। कुनै पनि पद तथा ओहोदामा मेरो न पहिला आकांक्षा थियो, न अहिले छ र न भविष्यमा नै हुनेछ  तसर्थ मेरो नाम मन्त्री परिषदको सदस्यका लागि भइरहेको अनलाइन भोटिङबाट हटाउन सम्बन्धित पक्ष लगायत सबैलाई अनुरोध गर्दछु,’ विज्ञेप्तीमा उल्लेख गरिएको छ। 

डा केसीले विगत लामो समयदेखि आम नेपालीको हकहित र विधिको शासनका लागि लड्दै आएको परिप्रेक्ष्यमा देशमा व्याप्त बेथितिको मारले विक्षिप्त नव(युवा पुस्ताबाट नागरिक अधिकारका लागि स्वत:स्फुर्तरूपमा उठेका आवाजप्रति ऐक्यबद्धता रहेको जनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad